Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदीप पौडेल पनि खुले गगन थापाको पक्षमा

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापा एकाएक बलियो पोजिसनमा पुगेका छन् ।

कृष्णप्रसाद सिटौला समूहका एकमात्र सांसद प्रदीप पौडेलसमेत गगनको पक्षमा खुलेपछि उनी थप बलियो भएका हुन् ।

दलको नेतामा शेखर कोइराला प्रस्तावक बन्दा विश्वप्रकाश शर्मासँगै प्रदीप पौडेल पनि समर्थक बसेका छन् । संस्थापनइतर समूहबाट यसअघि नेता कोइराला र थापा संसदीय दल नेताका लागि उम्मेदवार हुन खोजेका थिए।

समूहबाट एक जना मात्रै उम्मेदवार बनाउन केही दिनदेखि संस्थापनइतर समूहको भेला हुँदै आएका थिए।संसदीय दलको नेताका लागि आज (मंगलबार) दिउँसो २ बजेदेखि ३ बजेसम्म

सिंहदरबारस्थित दलको कार्यालयमा मनोनयन दर्ता गरिसक्नुपर्ने कार्यतालिका छ। आजै साढे ३ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077