काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिएका शेरबहादुर देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल बसेका छन् ।
पार्टीको १४ औं महाधिवेशनअघिसम्म इतर पक्षका नेता रहेका पौडेल हाल भने देउवासँग सहकार्य गर्दै प्रस्तावक बसेका हुन् ।
यस्तै देउवाको समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् । उनी आफैं संसदीय दलको नेताका आकांक्षी थिए र देशको नेतृत्व गर्छु भन्दै चुनावमा भोट मागेका थिए ।
तर देउवाले नछाडेपछि उनी समर्थक बसेका छन् । बुधबार हुने संसदीय दलको निर्वाचनमा इतर पक्षबाट महामन्त्री गगन थापा उम्मेदवार रहेका छन् ।
Leave a Reply