Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शेखरको प्रशंसा गर्दै महामन्त्री शर्माले भने - देउवाले पनि वैकल्पिक नाम दिनुहुन्छ भन्ने आशा छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले डा.शेखर कोइरालालाई धन्यवाद व्यक्त गरेका छन् ।

संस्थापनइतर पक्षबाट महामन्त्री गगन थापालाई पार्टीको संसदीय दलको नेताको रूपमा प्रस्ताव गरेपछि शर्माले कोइरालालाई धन्यवाद दिएका हुन् ।

इतर पक्षको होटल बसेरामा जारी बैठकमा पुगेर महामन्त्री शर्माले पछिल्लो पुस्तालाई प्रस्ताव गर्ने कोइरालाको कदमको स्वागत गरे ।

शर्माले भने, ‘यो संसदीय दलको नेताको प्रस्तावको विषय मात्र होइन । नेपाली कांग्रेसका शुभचिन्तकहरूले यसलाई पार्टीलाई बदलिएको सोच र समयअनुरूप बदलिएको दिशामा लाने खुड्किलोको रूपमा महसुस गरेका छन् जस्तो मलाई लाग्छ ।’

उनले पार्टीका सांसदहरूले पनि यो कुरालाई बुझेर थापालाई नै मतदान गर्ने विश्वास पनि व्यक्त गरे । शर्माले इतर पक्षले जस्तै सभापति शेरबहादुर देउवाले पनि वैकल्पिक नाम प्रस्ताव गर्ने आशा पनि व्यक्त गरे ।

लोकतान्त्रिक अभ्यासको प्रक्रिया पछि परिणाम जे आए पनि पार्टी त्यसपछि भने पार्टी एक ढिक्का रहने स्पष्ट पारे

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077