Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस महामन्त्री शर्माले भने - देउवा संसदीय दलको उम्मेदवार होइन, प्रस्तावक बन्नुपर्छ

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदीय दलको प्रस्तावकका रूपमा आफूले हेर्न चाहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

शर्माले मंगलबार हुने पार्टीको संसदीय दलको नेता चयनको उम्मेदवारीमा पार्टी सभापति देउवालाई प्रस्तावकका रूपमा हेर्न चाहेको बताए ।

देशमा प्रधानमन्त्री भएर देउवाले धेरै राम्रा काम गरे पनि पटक-पटक प्रधानमन्त्री बनिरहेको भन्दै राम्रा कामको चर्चा हुन नसकेको महामन्त्री शर्माको भनाइ छ ।

प्रधानमन्त्री हुँदा देउवाले मुक्त कमैया, दलित, महिला, जनजातिलगायतका आयोगहरुको स्थापना हुन सम्भव रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077