Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • टिपरको ठक्करबाट बालिकाको मृत्यु, सप्तरीको रुपनी तनावग्रस्त

    टिपरको ठक्करबाट बालिकाको मृत्यु, सप्तरीको रुपनी तनावग्रस्त

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 663
    SHARES

    काठमाडौं । सप्तरीको रुपनीमा टिपरको ठक्करबाट मंगलबार एक बालिकाको मृत्यु भएको छ ।

    ना१क ८५४२ नम्बरको टिपरले टक्कर दिँदा विद्यालय हिँडेकी १२ वर्षीया रीताकुमारी यादवको मृत्यु भएको हो ।



    बालिकाको मृत्युपछि स्थानीय आक्रोशित बनेका छन् । उनीहरूले सडक अवरुद्ध गरेका छन् ।



    सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले विद्यार्थी र स्थानीयले ‘आन्दोलन’ गरेपछि स्थिति तनावग्रस्त बनेको बताए ।

    प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको छ।

    घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रजिअ थापाको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार