Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीको दौडबाट पछि हटे कांग्रेस वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भावी प्रधानमन्त्रीको दौडबाट पन्छिएका छन् ।

पार्टीको संसदीय दल नेताको चुनावमा उनले भाग नलिने निधो गरेका हुन् । संसदीय दलको चुनावका लागि आज कांग्रेसमा मनोनयन दर्ताको कार्यक्रम छ ।

पौडेलले मनोनयन नदिने उनीनिकट स्रोतले बतायो । आमनिर्वाचन सकिएसँगै पौडेलले भावी प्रधानमन्त्रीका लागि तीव्र आकांक्षा प्रकट गर्दै आएका थिए ।

स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत पटक-पटक भेटेर आफ्नो इच्छा व्यक्त गरे । तर, देउवाले ग्रीन सिग्नल नदिएपछि उनले अन्ततः दौड हापेका हुन् ।

स्रोतका अनुसार पार्टी संसदीय दलको चुनावमा उनले देउवालाई नै समर्थन गर्ने सम्भावना छ । विगतमा उनी १७ पटकसम्म प्रधानमन्त्रीका लागि प्रतिस्पर्धामा उत्रेका थिए ।

तर, सफल भएनन् । प्रधानमन्त्रीको दौड त्यागिरहँदा पौडेलले आफ्नो वैकल्पिक योजना प्रष्ट पारिसकेका छैनन् । पौडेल अहिले कांग्रेसभित्र न संस्थापन, न इतर समूहभित्र छन् । यसअघि पार्टी महाधिवेशनमा पनि उनी तटस्थ बसेका थिए ।

दलको नेताका लागि कांग्रेसमा पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि नेता शेखर कोइरालाले समेत संसदीय दलको नेता बन्ने चाहना राखेका थिए ।

तर सोमबार र मंगलबार दुई दिन भएको थापा र कोइराला समूहको बैठकले थापालाई दलको नेतामा अघि सार्ने सहमति गरेका छन् ।

नेता शेखर कोइराला र गगन थापा समूहको बैठकले थापालाई कांग्रेसको देउवा इतर समूहबाट संसदीय दलको नेतामा उम्मेदवार उठाउने सहमति भएसँगै देउवा र थापाबीच प्रतिस्पर्धा हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077