Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगन-शेखर समूहबीचको छलफल सकियो, अझै जुटेन सहमति

काठमाडौं । संसदीय दलको नेताको निर्वाचनमा साझा उम्मेदवार तय गर्ने विषयमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता शेखर कोइराला पक्षबीच समझदारी जुटेको छैन ।

लाजिम्पाटस्थित होटल एम्बास्डरमा बिहान साढे ८ बजेदेखि बसेको बैठक टुंगोमा पुग्न सकेको छैन् । कोइराला र थापाबीच होटेल बसेरामा पुनः छलफल गर्ने भन्दै नेताहरु होटल एम्बास्डरबाट बाहिरिएका छन् ।

बैठकपछि कांग्रेस नेता अर्जुन नरसिंह केसीले आफूहरुको समूहबाट दुई जनाको उम्मेदवारी दर्ता नहुने बताए । कांग्रेसको संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

थापा र कोइराला पक्षबीच सोमबार पनि छलफल भएको थियो । तर टुंगोमा पुग्न नसकेपछि आज पनि छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077