Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • खुमलटार पुगेका नेम्वाङले प्रचण्डलाई भने – तपाईं प्रधानमन्त्री बन्‍नुहोस्, एमालेलाई राष्ट्रपति

    खुमलटार पुगेका नेम्वाङले प्रचण्डलाई भने – तपाईं प्रधानमन्त्री बन्‍नुहोस्, एमालेलाई राष्ट्रपति

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 789
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङबीच भेटवार्ता भएको छ ।

    मंगलबार बिहान प्रचण्ड निवास खुमलटारमा नेम्वाङ र प्रचण्डबीच नयाँ सत्ता समीकरणको विषयमा छलफल भएको हो। भेटमा एमाले उपाध्यक्ष नेम्वाङले प्रचण्डलाई प्रधानमन्त्री बन्‍न औपचारिक रुपमा प्रस्ताव गरेको जनाइएको छ ।



    भेटमा नयाँ सत्ता समीकरण, सरकार गठन र समसामयिक राजनीतिको विषयमा छलफल भएको हो। उपाध्यक्ष नेम्वाङले वामपन्थी दलहरुबीच एकै ठाउँमा आउनुपर्नेमा जोड दिएका छन्।



    उनले प्रचण्डसमक्ष सत्तारुढ गठबन्धन टुटाएर एमाले-माओवादीको सरकार बनाउनुपर्ने धारणा राखेका छन्। नेम्वाङले प्रचण्डलाई नयाँ सत्ता समीकरण र सरकारमा अहिले एकीकृत समाजवादीलाई सहभागी नगराउने प्रस्ताव गरेका छन्।

    राष्ट्रपति विद्यादेवी भण्डारीले पौष १० गतेभित्र नयाँ सरकार गठनको आह्वान गरेसँगै एमालेले शीर्ष नेताहरुसँग छलफल अगाडि बढाएको हो।

    यस अगाडि माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार