Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदीय दलको उम्मेदवार छान्न शेखर-गगन समूहको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताको उम्मेदवार छान्न संस्थापन इतर समूहको बैठक सुरु भएको छ ।

होटल एम्बासडरमा केहीबेर अघि सभापति शेरबहादुर देउवाविरुद्ध संसदीय दलमा को उम्मेदवार भन्ने विषयमा छलफल गर्न शेखर-गगन समूहको बैठक सुरु भएको हो ।

संस्थापन इतर समूहबाट महामन्त्री गगन थापा र नेता शेखर कोइरालाबीच दलको नेताका लागि दाबी रहेको छ ।

बैठकमा धनराज गुरुङ, चन्द्र भण्डारी, अर्जुन नरसिंह केसी, मिनेन्द्र रिजाल, बलबहादुर केसी र दिलेन्द्र बडू लगायतका नेता सहभागी छन् ।

आजै ११ बजे आफ्नो समूहका अन्य नेताहरुसँग पनि छलफल गर्ने तयारी भएको नेताहरुले बताएका छन् । आजै दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077