Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साइन बोर्ड हटाउन काठमाडौं महानगरको १५ दिने अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्र भित्र रहेका मापदण्ड विपरीतका परिचय पार्टी अर्थात् साइन बोर्ड नराख्न र राखेको भएमा १५ दिनभित्र हटाउन पुनः अनुरोध गरेको छ ।

महानगरले यसअघि ३५ दिने सूचना जारी गर्दापनि सम्बन्धित पक्षले त्यस्ता पाटीहरू नहटाएको भन्दै १५ दिनभित्र सूचना पाटी हटाउन निर्देशन दिएको हो ।

महानगरको राजस्व विभागले आज सूचना निकालेर महानगरपालिका क्षेत्रभित्र व्यापार गर्ने सङ्घ, संस्था, वित्तीय संस्था, सरकारी तथा गैह्र सरकारी निकायले आफ्नो व्यवसाय वा कार्यालय परिसरमा राखिने साइन बोर्ड ३० वर्ग फिटभन्दा ठूलो नराख्न र राखेको भएमा हटाउन आग्रह गरेको छ ।

व्यवसाय वा कार्यालयको पहिचान दिन राखिने साइन बोर्ड ३० वर्ग फिटभन्दा ठूलो नराख्न तथा राखेको भए हटाउन पटक पटक आग्रह गरिएकोमा अटेर गरी राखेको पाइएको समेत महानगरले जनाएको छ ।

सूचनालाई अवज्ञा गरी सम्बन्धित पक्षले त्यस्ता परिचय पाटी नहटाएमा महानगरपालिकाको टोलीले हटाइ त्यसबापत लागेको खर्च समेत सम्बन्धित पक्षबाट नै असुल उपर गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077