Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • रुपन्देहीका माओवादी इञ्चार्ज हकिकुल्लाहले दिए राजीनामा

    रुपन्देहीका माओवादी इञ्चार्ज हकिकुल्लाहले दिए राजीनामा

    अनलाइन नेपाल
  • सोमबार, ४ पुष २०७९
  • 681
    SHARES

    बुटवल । नेकपा (माओवादी केन्द्र) रुपन्देहीका इञ्चार्ज तथा मुस्लिम मुक्ति मोर्चा–नेपालका केन्द्रीय इञ्चार्ज हकिकुल्लाह खानले पदबाट राजीनामा दिएका छन् ।

    गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट रुपन्देहीमा प्रत्यक्षतर्फ एक जना पनि उम्मेदवार विजयी गराउन नसकिएको भन्दै खानले राजीनामा दिएका हुन् ।



    रूपन्देहीमा एकजना प्रत्यक्षतर्फ उमेदवार पनि विजय गराउन नसकिएको र समानुपातिकमा संख्या घटेको तथा प्रतिनिधिसभामा मुस्लिम कलस्टरसमेत ‘कोल्याप्स’ भएकाले आफूले राजीनामा दिएको उनले बताए ।



    प्रतिनिधिसभामा मुस्लिम क्लष्टरसमेत गुमेकाले माओवादी केन्द्र रुपन्देहीको इञ्चार्ज र मुस्लिम मुक्ति मोर्चा केन्द्रीय इञ्चार्ज पदमा रहिरहन नैतिकता नदिएको उनको भनाइ छ ।

    ‘यी दुवै इञ्चार्ज पदबाट आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको छु, यसबाट पार्टी पंक्ति एवं मुस्लिम मुक्ति मोर्चा–नेपाल सम्बन्ध सबै सदस्यहरुमा पर्न जाने असरप्रति क्षमाप्रार्थी छु,’ उनले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार