कैलाली । रक ब्याण्ड नेपथ्यले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको कभर्ड हलमा आइतबार आफ्नो दरिलो प्रस्तुती दिएको छ ।
‘मानवताको लागि संगीत’ अभियान लिएर देशव्यापी सांगीतिक यात्रामा निस्किएको नेपथ्यले आइतबार साँझ धनगढीमा कन्सर्ट गरेको हो ।
ब्याण्डका गायक अमृत गुरुङले आफ्ना चर्चित गीतहरु पस्किएका थिए । उनले भेडाको ऊनजस्तो, छेक्यो छेक्यो, हिमाल चुचुरोमा, चरी मर्यो, जोमसोमै बजारमा लगायतका गीत प्रस्तुत गरे । पुसको चिसोमा पनि धनगढी रंगशाला दर्शक(श्रोताले भरिभराउ थियो ।
मानव सेवा आश्रमसँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । मञ्चमा गायक गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा नीरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिएका थिए । नेपथ्यले करिब दुई घण्टा आफ्नो प्रस्तुती दिएको थियो ।
तस्विरमा हेर्नुस् :
Leave a Reply