काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भावी राष्ट्रपति सशक्त दाबी रहने बताएका छन् ।
सत्ता गठबन्धनमा समझदारी बनाउँदा एकीकृत समाजवादीबाट आफ्नो राष्ट्रपतिमा दाबी रहने बताएका हुन् ।
खनालले भने, ‘राष्ट्रपति राष्ट्रको अभिभावक हो । राजनीतिक इतिहास र पृष्ठभूमि भएको व्यक्तिलाई बनाउनुपर्छ । एकाध गैरराजनीतिक पृष्ठभूमि भएको व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ भनेर चर्चा चलेको छ ।
त्यो विगतलाई हेरेर पनि गल्ती दोहो¥याउनु हुँदैन । अब सत्ता गठबन्धनमा समझदारी बनाउँदा एकीकृत समाजवादीको राष्ट्रपतिको दाबी रहन्छ । त्यसमा पार्टीको तर्फबाट मेरो दाबी रहन्छ ।’
एकीकृत समाजवादीले प्रधानमन्त्री र सभामुख दाबी नगरेकाले राष्ट्रपति पाउनुपर्ने भन्दै लागेको छ । विगतदेखि सत्ता गठबन्धनमा भावी राष्ट्रपतिको रुपमा खनालको चर्चा हुँदै आएको थियो ।