एजेन्सी । भारतीय अभिनेता रणवीर सिंह अभिनित फिल्म ‘सर्कस’ को गीत ‘करेन्ट लगा’ विरुद्ध चोरीको आरोप लागेको छ ।
फिल्मको पहिलो गीत ‘करेन्ट लगा’ मा रणवीर र अभिनेत्री दीपिका पादुकोणले नृत्य गरेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार उक्त गीत दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको ‘ब्लकबस्टर’ गीतबाट चोरी गरिएको आरोप लागेको छ ।
‘करेन्ट लगा’ गीत रिलिज हुनेबित्तिकै सामाजिक सञ्जालमा यो गीतको खिल्ली उडाइएको छ, किनभने गीतको पृष्ठभूमि संगीत अल्लु अर्जुनको ब्लकबस्टरसँग मिल्दोजुल्दो छ ।
मौलिक संगीत अल्लुको फिल्म सराइनोडुको ब्लकबस्टर गीत हो। चोरी पक्राउ परेदेखि नै सामाजिक सञ्जाल प्रयोगकर्ताले निर्माता र स्टारकास्टलाई नराम्रोसँग ट्रोल गरिरहेका छन् ।
एक प्रयोगकर्ताले लेखेका छन्, ‘पहिले फिल्म मात्र चोरी हुन्थ्यो, अब गीत पनि चोरी हुन थालेछ।’
रोहित शेट्टीद्वारा निर्देशित यो फिल्म शेक्सपियरको लोकप्रिय नाटक ‘द कमेडी अफ एरर्स’ बाट प्रेरित हो। २३ डिसेम्बर २०२२ मा रिलिज हुने यस फिल्ममा रणवीर सिंह, ज्याकलिन फर्नान्डिस, पूजा हेगडे महत्वपूर्ण भूमिकामा देखिनेछन् ।
Leave a Reply