Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिन ५१ हजार बुझाउनुपर्ने

    कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिन ५१ हजार बुझाउनुपर्ने

    अनलाइन नेपाल
  • सोमबार, ४ पुष २०७९
  • 546
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दिन शुल्क तिर्नुपर्ने प्रावधान तोकेको छ । कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिँदा ५१ हजार शुल्क तिर्नुपर्ने भएको हो ।

    मंसिर ६ गते बिहान बिहान ८ देखि १० बजेसम्म हुने निर्वाचनका लागि उम्मेदवारले दरखास्तका साथ ५१ हजार रुपैयाँ दाखिल गर्नुपर्ने निर्वाचन समितिले जनाएको छ ।



    जसअनुसार निर्वाचन प्रक्रिया पुस ४ गतेदेखि सुरु भएर मनोनयन दर्ता पुस ५ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म दरखास्त दिन सकिनेछ ।



    कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, महामन्त्री गगन थापाको उम्मेदवारी रहने सम्भावना छ । कांग्रेसको संस्थापन पक्षबाट देउवा निर्विकल्प उम्मेदवार बन्दा इतर पक्षबाट कोइराला र थापा प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् ।

    शेखर– गगनले आफू निकट ठानेका योगेश गौचन, सुरेन्द्र आचार्य, दीपक गिरि र दीपक खड्काले देउवालाई साथ दिने सम्भावना बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार