काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी सरकार बन्ने आधार एमाले नेतृत्वले तोडेकोले त्यो असम्भव रहेको बताएका छन् ।
नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा नेता खनालले वामपन्थी सरकारको कुरा उठेपनि अहिले त्यसको आधार खडा नभएको जिकिर गरे ।
खनालले बामलोकतान्त्रिक शक्तिहरूको सरकार बन्ने सम्भावना प्रवल रहेको बताए ।
“वामपन्थी सरकार बन्नुपर्छ भन्ने कुरा गर्दैछन् । वामपन्थी सरकार बन्ने आधार हिजोको नेकपा एमालेको नेतृत्वले तोडेको छ । त्यसलाई नयाँ निर्माण गरिएको छैन । वामपन्थी सरकार बन्छ भन्ने मलाई लाग्दैन,” खनालले भने ।
खनालले बामलोकतान्त्रिक शक्तिहरूको सरकार बन्ने सम्भावना प्रवल रहेको बताए ।
'अरु सरकारको कुरा पनि आउँदै छ । सबैभन्दा बढी सम्भव भनेको बामलोकतान्त्रिक शक्तिहरूको सरकार नै हो,' उनले भने ।
उनले थोरै संसद भएपनि आफ्नो पार्टी धारिलो, तीखो र लक्ष्यगत ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिए ।