Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • संसद् सचिवालय जुट्यो शपथको गृहकार्यमा

    संसद् सचिवालय जुट्यो शपथको गृहकार्यमा

    अनलाइन नेपाल
  • सोमबार, ४ पुष २०७९
  • 720
    SHARES

    फाइल तस्विर

    काठमाडौं । संघीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ ।

    नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरू सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ ।



    ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन आयोगलाई पत्रचार गरिसकेको छ ।



    राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १० गतेभित्र प्रधानमन्त्रीका लागि दाबी पेस गर्न सात दिनको समय दिएर आह्वान गरिसकेकी छन् ।

    हाल नवनिर्वाचित सदस्यमध्ये चित्रबहादुर केसी, महन्थ ठाकुर, महेन्द्रप्रसाद यादव र पशुपतिशमशेर जबराको उमेर यकिन गर्नुपर्ने देखिएको छ ।

    कुनै सदस्यले मातृभाषामा शपथ लिन चाहेमा शपथको तीन दिनअघि शपथपत्रमा उल्लेख हुने विवरण तत्तत् भाषामा उल्था गरी त्यससम्बन्धी जानकारी संसद् सचिवालयलाई दिनुपर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार