Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खुमलटार पुगेका पूर्णबहादुर खड्कालाई प्रचण्डले भने - प्रधानमन्त्रीमा मलाई सहयोग गर्नुहोस्

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

प्रचण्ड भेट्नका लागि उपसभापति खड्का आइतबार खुमलटार पुगेका हुन् । भेटमा खड्काले कांग्रेसको नेतृत्वमा सरकार गठन हुने र त्यसका लागि सहयोग गर्न प्रचण्डलाई आग्रह गरेका थिए।

तर, प्रचण्डले भने प्रधानमन्त्रीमा आफूलाई सहयोग गरे गठबन्धन पनि जोगिने भन्दै आफ्नो अडान दोहोर्‍याए । प्रचण्डले पावर शेयरिङमा सहमति गरेर अगाडि बढ्नुपर्नेसमेत बताएका थिए ।

उपसभापति खड्काले दोस्रो चरणमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेसले सहयोग गर्ने बताएका थिए। जवाफमा प्रचण्डले वर्तमान सत्ता गठबन्धन जोगाउन कांग्रेसले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्नुपर्ने अडान राखेको स्रोतले जनाएको छ।

प्रचण्डले दोस्रो चरणमा माओवादी केन्द्रले कांग्रेसलाई प्रधानमन्त्रीमा सघाउने जवाफ खड्कालाई दिएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नै सरकार गठनका लागि बहुमत पुर्‍याएर आउन दलहरूलाई सात दिनको समय दिएकी छन् ।

आजै कांग्रेस र माओवादी केन्द्रको बैठक बसेको थियो । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077