Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चौतर्फी आक्रमणकाबीच एमाले जनताको पहिलो पार्टी बन्यो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चौतर्फी घेराबन्दी र आक्रमणबीच एमाले जनताको पहिलो पार्टीका रूपमा स्थापित भएको दाबी गरेका छन् ।

आइतबार एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

एमाले धेरै जिल्लामा क्लीन स्वीप गर्ने पार्टी बनेको पोखरेलको तर्क छ। अहिलेको निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीकाविरुद्ध घेराबन्दी गरिएपनि अत्यधिक मत ल्याएर म्यान अफ दी इलेक्सन बनेको जिकिर गरे।

चौतर्फी घेराबन्दीका बाबजुद एमालेले लोकप्रिय मत पाएकाले राष्ट्रको नेतृत्व गर्न सक्षम रहेको पोखरेलको दाबी छ। महासचिव पोखरेलले आफ्नो पार्टीलाई सरकार गठनको जनादेश प्राप्त नभएकाले पर्ख र हेरको पक्षमा रहेको उल्लेख गरे।

महासचिव पोखरेलले आफ्नो पार्टीलाई सरकार गठनको जनादेश प्राप्त नभएकाले पर्ख र हेरको पक्षमा रहेको उल्लेख गरे । उनले सत्ता गठबन्धन सरकार गठन नजिक भएपनि अबको प्रधानमन्त्री को भन्न सक्ने अवस्थामा नरहेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077