Online Nepal
  • बुधबार, १० पुष २०८१
  • माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, नयाँ सरकार गठनबारे छलफल हुने

    माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, नयाँ सरकार गठनबारे छलफल हुने

    अनलाइन नेपाल
  • आइतबार, ३ पुष २०७९
  • 639
    SHARES

    काठमाडौं। नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। निर्वाचनको समीक्षा र आगामी सरकार गठनबारे छलफल गर्न बैठक बोलाइएको पार्टीका सचिव गणेश साहले बताए।

    पदाधिकारी बैठक पार्टीको मुख्यालय पेरिसडाँडामा आज दिउँसो २ बजे बस्दैछ। निर्वाचनको परिणाम पूर्ण रुपमा आइसकेको अवस्थामा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको हो।



    बैठकमा अहिलेसम्म सरकार गठनका बारेमा भएको प्रगतिबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गर्ने बताइएको छ।



    प्रचण्ड पनि प्रधानमन्त्री हुन चाहेका छन्। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निरन्तर छलफल गरिरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार