Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस महामन्त्री शर्मा भन्छन् - मन्त्री बन्ने चाहना छैन्, पार्टीमा काम धेरै छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूलाई अहिले नै मन्त्री बन्ने चाहना नरहेको बताएका छन् ।

झापा निर्वाचन क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद समेत रहेका शर्माले शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।

चुनाव जित्नेहरु मन्त्री बन्ने आकांक्षा राखे पनि आफू त्यो दौडमा नरहेको उनले प्रष्ट पारे ।

पार्टीमा रहेर गर्नुपर्ने कामहरु धेरै रहेकाले मन्त्री बन्न अरुलाई सहयोग गर्ने उनले बताए । महामन्त्री शर्माले सरकारमा मन्त्री बन्नेभन्दा पनि दूरदराजमा रहेका आम नागरिकको भावनाअनुसार काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077