Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विजय गच्छदार र रेशम चौधरीबीच डिल्लीबजार कारागारमा भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदार र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । डिल्लीबजार कारागारमा शनिबार उनीहरूबीच भेटवार्ता भएको हो ।

उनीहरुबीच करिब एक घण्टा छलफल भएको बताइएको छ । मंसिर ४ गतेको निर्वाचनमा अप्रत्यासित नतिजा ल्याएपछि रेशमलाई बधाइ दिन गच्छदार जेल पुगेका हुन् ।

उनले रेशमलाई भेटेर सोचेभन्दा परिपक्व भएको बताए । उनले रेशम चौधरीसँग सहकार्यका लागि आफू तयार रहेको समेत बताएका थिए । उनले अध्यादेश प्रमाणीकरण गरेर पीडित थारूहरूको रिहाइ गर्नुपर्ने बताएका थिए।

त्यसका लागि माइतीघर मण्डलामा धर्नामा बस्न आफू तयार रहेको उनले बताएका थिए । नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा एक स्वतन्त्रसहित चार, सुदूरपश्चिम प्रदेशमा ७, लुम्बिनीमा ४ र मधेस प्रदेशमा एक सिट जितेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077