काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
सत्ता समीकरण निर्माणबारे एमालेसँग समेत समानान्तर वार्तामा रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार बिहान देउवालाई भेटेर आफूलाई प्रधानमन्त्री बनाउन औपचारिक प्रस्ताव गरेका हुन्।
आफैँ प्रधानमन्त्री बन्ने तयारीमा रहेका देउवालाई भेटेर प्रचण्डले प्रधानमन्त्रीमा आफ्नो दाबी रहेको औपचारिक जानकारी गराएका हुन्। स्रोतका अनुसार निर्वाचन अगाडिको एक भेटमा प्रधानमन्त्री देउवाले प्रचण्डलाई निर्वाचनपछिको प्रधानमन्त्री बनाउने आश्वासन दिएका थिए।
निर्वाचनपछि तेस्रो दलमा खुम्चिएपनि निर्वाचन अघि देउवाले दिएको आश्वसनको बलमा शनिबार भेटेर प्रचण्डले आफूलाई प्रधानमन्त्री वातावरण मिलाउन देउवासमक्ष आग्रह गरेका हुन्।
प्रचण्ड वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग शनिबार बिहान आन्तरिक छलफल गरेपछि प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगेका थिए।
Leave a Reply