Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिममा प्रदेशका लागि निर्वाचित सदस्यहरूको विवरण प्रदेश प्रमुखसमक्ष पेस

धनगढी । निर्वाचन आयुक्त जानकीकुमारी तुलाधरले सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम बुझाएकी छन् ।

तुलाधरले आज सुदूरपश्चिममा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को परिणमसहितको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गरेकी हुन् ।

प्रदेश प्रमुखहरू समक्ष निर्वाचित सदस्यहरूको विवरण एउटै समयमा पेस गरिएको हो । अन्तिम मतपरिणाम प्रदेश प्रमुखलाई बुझाइसकेपछि नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ ।

आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेशको प्रदेश सभातर्फ ५३ जना निर्वाचित भएका छन् । जसमा पुरुषको संख्या ३५ जना (६६ दशमलब ३) प्रतिशत र महिला १८ जना (३३ दशमलव ९७ प्रतिशत) रहेको छ ।

प्रदेश सभातर्फ उम्मेदवारी दिएका एक सय ९ जना उम्मेदवारको जमानत जफत भएको आया्ेगले जनाएको छ । कुल सदर मतको १० प्रतिशत मत नपाएपछि विभिन्न साना पार्टीसहित स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको हो ।

प्रदेश सभाका उम्मेदवारले उम्मेदवारी दर्ताको क्रममा पाँच हजार रुपियाँका दरले धरौटी राखेका थिए । सदर मतको १० प्रतिशत मत पु¥याउन नसकेका उम्मेदवारका धरौटी जफत भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगकी निर्वाचन आयुक्त डा। जानकी कुमारी तुलाधर अनुसार प्रदेशमा २८ वटा राजनीतिक दलको धरौटी जफत भएको हो । ९९ जना पुरुष र १० जना महिला गरी एक सय ९ उम्मेदवारको धरौटी जफत भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077