Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • राष्ट्रपतिका विषयमा कांग्रेसले कसैसँग सम्झौता गर्न सक्दैन : पूर्णबहादुर खड्का

    राष्ट्रपतिका विषयमा कांग्रेसले कसैसँग सम्झौता गर्न सक्दैन : पूर्णबहादुर खड्का

    अनलाइन नेपाल
  • शनिबार, २ पुष २०७९
  • 852
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिका विषयमा कांग्रेस कसैसँग सम्झौता गर्न नसक्ने बताएका छन्। उपसभापति खड्काले राष्ट्रपतिका विषयमा भइरहेका चर्चाले गम्भीर बनाएको उल्लेख गर्दै यस्तो बताएका हुन्।

    शनिबार बिहान ट्वीट गर्दै उनले राष्ट्रपति, देश,जनता र संविधानसभाले बनाएको संविधानप्रति पूर्ण रुपमा प्रतिबद्ध भएको व्यक्ति बन्नुपर्ने बताए।



    उनले भने, ‘राष्ट्रपति को बन्ने भन्ने चर्चाले गम्भीर बनायो। राष्ट्रपति-देश, जनता र संविधानसभाले बनाएको संविधानप्रति दिल(दिमागदेखि पूर्ण रुपमा प्रतिबद्ध भएको व्यक्ति बन्नुपर्छ यो कुरामा नेपाली कांग्रेस पार्टी कसैसँग सम्झौता गर्न सक्दैन, गर्नुहुँदैन।’



    पछिल्लो समयमा नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफैं राख्ने आशय बुझेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड झस्किएका छन्। प्रचण्ड गठबन्धनको तर्फबाट पहिलो चरणमा आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने पक्षमा वकालत गरिरहेका छन्।

    कांग्रेसले गैह्र राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने तयारी गरेको संकेत पाएपछि सत्तारुढ दलकै माओवादी केन्द्रका महासचिव देव गुरुङले सार्वजनिक रुपमा आपत्ति जनाएका छन्।

    सत्ता गठबन्धनबाट सरकार बनाउने निर्णय गरेपनि हालसम्म भागबण्डाबारे दलहरुबीच छलफल हुन सकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार