धनगढी । सत्ती भन्सार कार्यालय खक्रौलाका कार्यालय प्रमुख आफै भन्सार छलीमा संलग्न रहेको पाइएको छ ।
भारतीय बजारबाट आफ्नै सरकारी गाडीमा भन्सार छली गरी एसी ल्याएको अवस्थामा कार्यालय प्रमुख विमल कुमार शाह फेला परेका हुन् ।
भन्सार कार्यालयका कार्यालय प्रमुख शाहले भन्सार कार्यालयको सरकारी नम्बर प्लेटको गाडीमा ४ थान एसी ल्याएको अवस्थामा कार्यालय परिसरमै फेला परेका हुन् ।
कार्यालयको से १ झ ३०२ नम्बरको गाडीमा प्यानासोनिक कम्पनीको ४ थान एसीसहित उनी फेला परेका हुन् । दुई देशीय कस्टम बैठकमा सहभागी हुन भारत गएका शाहले त्यहाँबाट एसी लिएर आएका हुन् ।
Leave a Reply