Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • माओवादीले समानुपातिक सांसदले प्रमाणपत्र लिएपछि मात्र दलको नेता छान्ने

    माओवादीले समानुपातिक सांसदले प्रमाणपत्र लिएपछि मात्र दलको नेता छान्ने

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 768
    SHARES

    काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदले प्रमाणपत्र लिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ ।

    पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदको टुङ्गो लागिसकेको भए पनि समानुपातिक सांसद निर्वाचित भएको प्रमाणपत्र लिएपछि मात्र दलको नेता चयन गर्ने माओवादीको तयारी छ ।



    माओवादीको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले अन्य दलमा जस्तो संसदीय दलको नेता चयनमा विवाद नभएको र समानुपातिकतर्फबाट निर्वाचित सांसदले आधिकारिक प्रमाणपत्र पनि नलिएको अवस्थामा दलको नेता चयनमा हतारो नगरिएको दाबी गरे ।



    निर्वाचन आयोगले यही पुस ३ गते प्रतिनिधिसभामा समानुपातिकतर्फका सांसदलाई निर्वाचित भएको प्रमाणपत्र दिने तयारी गरेको छ ।

    निर्वाचन आयोगले मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मतपरिणाम प्रतिवेदन राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलाई बुझाइसकेको छ। अब राष्ट्रपतिले केही दिनमा नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नेछिन्। यसबीचमा दलहरूले स‌ंसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार