Online Nepal
  • बुधबार, १० पुष २०८१
  • फरार सूचीमा रहेका नेहाका ससुराले गराए अदालतमा मुद्दा दर्ता

    फरार सूचीमा रहेका नेहाका ससुराले गराए अदालतमा मुद्दा दर्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 1.4K
    SHARES

    महोत्तरी । दाइजोको निहुँमा घरबाट निकालिएकी नेहा चौधरीका ससुरा रामप्रेश चौधरीले उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गराएका छन्।

    नेहा चौधरीले घरेलु हिंसा र दाइजो विरुद्ध श्रीमानसहित ६ जनामाथि मुद्दा दर्ता गराएपछि फरार रहेका रामप्रवेश चौधरीले पक्राउ परेका पंकजलाई थुना मुक्त गराउन बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गराएका हुन्।



    पंकज श्रीमती नेहा चौधरीमाथि घरेलु हिंसा गरेको आरोपमा महोत्तरी प्रहरीले गत मंगलबार पंकजलाई आफ्नै घरबाट पक्राउ गरिसकेको छ। घरेलु हिंसा र दाइजो विरुद्ध नेहाले ससुरा रामप्रवेशसहित ६ जनालाई विपक्षी बनाएकी छिन्।



    तर श्रीमान् पंकजलाई मात्रै पक्राउ गरिएको छ। महोत्तरी प्रहरीको फरार सूचीमा रामप्रवेशसँगै उनकी श्रीमती र छोरीहरू छन्। नेहाले फरार रहेका अन्य अभियुक्तलाई पनि पक्राउको माग गर्दै बिहीबार रामगोपालपुर नगरपालिकामा कार्यालय अगाडि प्रर्दशन गरेकी थिइन्।

    नेहा चौधरी र कुमारी आमा निहारिका राजपुत नेतृत्वमा रहेका प्रदर्शनकारीबीचहरुले नगरपालिकामा तोडफोड गरेको आरोपमा प्रहरीले नेहा र निहारिकालाई पनि पक्राउ गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार