Online Nepal
  • बिहिबार, ४ पुष २०८१
  • थारु र मुस्लिम मधेशी समुदायको सूचीबाट हट्यो

    थारु र मुस्लिम मधेशी समुदायको सूचीबाट हट्यो

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 942
    SHARES

    काठमाडौं । मधेशी आयोगले मुस्लिम र थारुलाई मधेशीको सूचीबाट हटाएको छ ।

    मधेशी आयोगकी उपसचिव सबिता डंगोलले सरोकारवाला संवैधानिक आयोगहरुले नै हामी मधेशी होइनौं भनेपछि आफूहरुले सूचीबाट हटाएको जानकारी दिएकी छन् ।



    सो निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएको उनले जानकारी दिइन् ।



    मधेशी आयोगले २०७८/७९ को वार्षिक प्रतिवेदनमार्फत् राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष थारु र मुस्लिमसहित १४९ जातलाई मधेशीको रुपमा सिफारिस गरेको थियो ।

    थारु र मुस्लिम आयोगका अध्यक्ष सहितका पदाधिकारीहरुले सार्वजनिक रुपमा थारु र मुस्लिम समुदायको अलग्गै पहिचान र सभ्यता रहेको तथा सो मधेशी समुदायसँग मेल नखाने भएकाले मधेशीको सूचीमा राख्नु गलत भएको भन्दै विज्ञप्ति जारी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार