Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • नेपाली कांग्रेसले पुस ३ पछि मात्रै संसदीय दलको नेता छान्ने

    नेपाली कांग्रेसले पुस ३ पछि मात्रै संसदीय दलको नेता छान्ने

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 858
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले पुस ३ गतेपछि मात्रै संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरू गर्ने भएको छ। समानुपातिक सांसदले निर्वाचित भएको प्रमाण पत्र बुझेपछि मात्रै संसदीय दलको नेता चयनका बारेमा छलफल अघि बढाइने भएको हो ।

    निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ समानुपातिक सांसदलाई प्रमाण पत्र दिने भएको छ। कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिट जितेको छ।



    संसदीय दलको नेता चयनबारे अनौपचारिक कुराकानी भइरहे पनि औपचारिक छलफल भने पुस ३ गतेपछि मात्रै गरिने कांग्रेस स्रोतले जनाएको छ । संसदीय दलको नेता चयन सहमतिमा गर्ने कि चुनावबाट गर्ने टुंगिएको छैन।



    कांग्रेसमा २०७४ सालको चुनावपछि पनि संसदीय दलको नेता चयनमा चुनाव भएको थियो। यसपालि पनि धेरै सांसदले संसदीय दलको नेता हुने चाहना राखेकोले चुनाव हुन सक्ने देखिएको छ।

    निर्वाचन आयोगले मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मतपरिणाम प्रतिवेदन राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलाई बुझाइसकेको छ। अब राष्ट्रपतिले केही दिनमा नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नेछिन्। यसबीचमा दलहरूले स‌ंसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार