Online Nepal
  • बुधबार, १० पुष २०८१
  • संसदीय दलको नेतामा डा. शेखर कोइरालाको पनि दाबी

    संसदीय दलको नेतामा डा. शेखर कोइरालाको पनि दाबी

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 729
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको नेतामा नेपाली संस्थापन इतर समूहबाट डा. शेखर कोइराला नै अघि बढ्ने भएका छन् ।

    गत १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध सभापति लडेको र आगामी महाधिवेशनसम्म समूहलाई सशक्त राख्न डा. कोइराला नै उपयुक्त पात्र भएको भन्दै कोइराला पक्षका नेताहरूले अघि बढ्न सुझाव दिएपछि कोइराला संसदीय दलको नेतामा भिड्न तयार भएका हुन् ।



    काँग्रेसको एउटा टिमबाट संसदीय दलको नेतामा नवनिर्वाचित सांसद डा. शेखर कोइरालाले नै लड्ने पक्का भएको कोइराला निकट मानिएका प्रतिनिधिसभा सदस्य डिकबहादुर लिम्बूले बताए ।



    लिम्बूले भने, ‘अहिले जनतामा परिवर्तनको हुटहुटी जागेको छ, त्यो परिवर्तनको प्रतिनिधित्व डा। कोइरालाले गर्नुहुन्छ । चुनावको पुरै परिणाम नआउँदासम्म उहाँले नबोल्नु ठिकै हो ।’ नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार