Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • वीरगञ्जका चारवटा गोदाममा प्रहरीको छापा, अवैध चामल बरामद

    वीरगञ्जका चारवटा गोदाममा प्रहरीको छापा, अवैध चामल बरामद

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 1.3K
    SHARES

    वीरगञ्ज । भारतबाट अवैध रूपमा नेपाल भित्रिएको चामल प्रहरीले बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित विभिन्न गोदाममा भण्डारण गरी राखिएको चामल बिहीबार प्रहरीले बरामद गरेको हो ।

    राजस्व छली भित्र्याइएको चामल रानीघाटस्थित विभिन्न गोदाममा भण्डारण गरी बिक्री वितरण हुँदै आएको पूर्वसूचनाका आधारमा चारवटा गोदाममा छापा मार्दा पाँच सयभन्दा बढी बोरा भारतीय चामल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



    भरियाको मद्दतले राजस्व छली भित्र्याइएको चामल स्थानीय सुजित कलवार, विनोद कलवार, श्यामकिशोर वरणवाल र प्रदुमन गुप्ताको घरमा रहेको गोदामबाट बरामद गरिएको हो ।



    प्रहरीले नियन्त्रणमा लिएको गोदाममा कति बोरा चामल छ त्यसको गन्ती गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए । घटना मुचुल्कापछि बरामद गरिएको सबै चामल जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी भइरहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार