Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री देउवा भन्छन् - विश्वविद्यालयहरू राजनीतिबाट मुक्त हुनुपर्छ

काभ्रे । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विश्वविद्यालयहरू राजनीतिबाट मुक्त रहनु पर्ने बताएका छन् ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पहिलो चरणको २८औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले विश्वविद्यालयहरू राजनीतिबाट मुक्त रही स्वतन्त्र तवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताए ।

यस्तै उनले काठमाडौं विश्वविद्यालयले विगत तीन दशकदेखि गुणस्तरीय एवं प्राविधिक शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशील, सिर्जनशील र क्षमतावान जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक र सामाजिक विकासमा योगदान पुर्‍याउँदै आएको बताए ।

विश्वविद्यालय विद्यार्थीमा ज्ञान, सीप र दक्षता विकास गर्न तथा उहाँहरूमा लुकेको प्रतिभा र सिर्जनालाई उजागर गरी समाज र देशको हितका लागि प्रयोग गर्न सहयोग पुर्‍याउने पवित्र शैक्षिक केन्द्र भएको उनको भनाई छ ।

साथै उनले काठमाडौं विश्वविद्यालयका विभिन्न संकायमा दीक्षित भएका विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077