Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • सडक प्रदर्शनका क्रममा नेहा चौधरी र निहारिका पक्राउ

    सडक प्रदर्शनका क्रममा नेहा चौधरी र निहारिका पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 882
    SHARES

    महोत्तरी । दाइजोको निहुँमा घरबाट निकालिएकी नेहा चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । दाइजो र घरेलु हिंसा मुद्दामा सासु र ससुरालाई पनि पक्राउ गर्नुपर्ने माग राख्दै सडक आन्दोलनमा उत्रिएकी नेहालाई स्थिति नियन्त्रणमा लिन पक्राउ गरिएको हो ।

    उनीसँगै कुमारी आमा निहारिका राजपूतलाई प्रहरीले पक्राउ गरेको छ । सोही मुद्दामा प्रहरीले मंगलबारै नेहाका श्रीमान पंकज चौधरीलाई पक्राउ गरिसकेको छ।



    तर नेहाले सासु, ससुरा र नन्दलगायतका आरोपितहरूलाई पनि पक्राउ गर्नुपर्ने माग राख्दै रामगोपालपुर बजारमा सवारीसाधन बन्द गराएर आन्दोलन चर्काएकी थिइन्। नेहाका सासु र ससुरा भने घरमा ताल्चा लगाएर फरार रहेको बताइएको छ ।



    बिहीबार सडकजाम गरेर आन्दोलनमा उत्रिएकी नेहा र निहारिका नेतृत्वको टोलीले नगरपालिका कार्यालयमा ढुङ्गामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार