Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • महोत्तरीमा स्थानीय र प्रहरीबीच झडप,५ राउन्ड अश्रुग्याँस प्रहार

    महोत्तरीमा स्थानीय र प्रहरीबीच झडप,५ राउन्ड अश्रुग्याँस प्रहार

    प्रदर्शनका क्रममा नेहा र निहारिका पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 816
    SHARES

    महोत्तरी । महोत्तरीको रामगोपालपुर ५ मा स्थानीय र प्रहरीबीच झडप हुँदा ४ जना प्रहरी घाइते भएका छन् ।

    नेहा चौधरीले पंकज  चौधरीको घरमा प्रवेश पाउनुपर्ने माग राख्दै गरिएको आन्दोलनमा आन्दोलनकारीहरूले ढुङ्गामुढा गर्न थालेपछि २ जना सशस्त्र प्रहरी, १ जना नेपाल प्रहरी र १ जना नगरप्रहरी घाइते भएका हुन् ।



    मंसिर २६ गते घरेलु हिंसा मुद्दामा जिल्ला अदालत महोत्तरीले संरक्षणात्मक आदेश गरेपछि माइतबाट घर फर्किएकी नेहाले प्रवेश नपाएको विषयलाई लिएर सुरु भएको आन्दोलनले झडपको रुप लिएको थियो ।



    घरमा प्रवेश नपाएपछि नेहा आफ्ना श्रीमान् डा.पंकज चौधरीको घरको गेटमै धर्ना बसेकी थिइन् । आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    डा.चौधरीलाई नियन्त्रणमा लिएर नेहाको दाइजो मुद्दामाथी थप अनुसन्धान गरिरहेको समयमा नआवश्यक आन्दोलन चर्काएको भन्दै प्रहरीले नेहा चौधरी र निहारिका राजपुतलाई समेत नियन्त्रणमा लिएको छ ।

    पंकजको परिवारले गेटमा ताला लगाएर घर नै छाडेर हिँडेपछि नेहाले उक्त घरमा प्रवेश पाउनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार