Online Nepal
  • आइतबार, २१ पुष २०८१
  • जापानले आज रामचन्द्र पौडेललाई विभूषण प्रदान गर्ने

    जापानले आज रामचन्द्र पौडेललाई विभूषण प्रदान गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 714
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले आज (विहीबार) सम्मानित गर्ने भएको छ ।

    विहीबार अपरान्ह ३ बजे पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।



    नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गर्ने घोषणा गरेको थियो ।



    तर, कोभिड महामारीका कारण सम्मान कार्यक्रम स्थगित भएको थियो । नेपालस्थित जापानको दूतावासले नेता पौडेललाई विहीबार उनको निवासमा एक कार्यक्रमबीच सम्मान गर्न लागेको छ ।

    पौडेललाई नेपालका लागि जापानका राजदूत किकुता युताकाले सो सम्मान प्रदान गर्ने छन् । पौडेल नेपाल(जापान संसदीयमैत्री संघका संस्थापकसमेत थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार