एजेन्सी । दक्षिण अमेरिकी मुलुक पेरुमा देशव्यापी संकटकाल लागू गरिएको छ ।
महाअभियोग लगाएर राष्ट्रपति पेद्रो क्यास्तिलोलाई पदबाट हटाएपछि सुरू भएको राजनीतिक उथलपुथल नियन्त्रणमा नआएपछि संकटकाल घोषणा गरिएको हो ।
पेरुका रक्षामन्त्रीले महाभियोग लगाएर गत ७ डिसेम्बरमा राष्ट्रपति पेड्रो कैस्टिलोलाई पदबाट हटाएका थिए ।
राजनीतिक संकट बढ्दैगएपछि आमचुनाव गराउन माग गर्दै प्रदर्शन भइरहेको छ । प्रदर्शनका क्रममा अवस्था हिंसक बनेपछि दुई जनाको ज्यान गएको छ ।
पेरू धेरै वर्षदेखि राजनीतिक उथलपुथलमा फस्दैआएको छ । त्यहाँका धेरै नेताहरुलाई भ्रष्टाचारको आरोप पनि लागेको छ ।
Leave a Reply