Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काभ्रे बस दुर्घटना : एकै परिवारका ८ जनाको मृत्यु, आफन्तै नभएपछि शव अस्पतालमै

काभ्रे । मंगलबार बनेपा नगरपालिका-११ सल्लेमा भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएकोमा सबैको सनाखत भएको छ । तीमध्ये ९ वटा शव मृतकका आफन्तलाई बुझाएको छ भने एकै परिवारका ८ जनाको शव आफन्त नहुँदा धुलिखेल अस्पतालमै छ ।

८ जना एकै परिवारका सदस्य हुन् । उनीहरूको शवलाई धुलिखेल असपतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

शवका परिवार विदेशमा रहेको जानकारी आएकाले आफन्त आएपछि परिवारलाई शव जिम्मा लगाइने बताइएको छ । दुर्घटनामा बनेपा नगरपालिका वडा नं ११ सल्लेको एकै परिवारका ८ जनाको मृत्यु भएको छ ।

सल्ले गाउँको ७९ वर्षीया निर्मला तामाङ, ५५ वर्षीय कुमार तामाङ, ५० वर्षीय आकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, ३० वर्षीय बुद्ध तामाङ, २८ वर्षीया मञ्जु तामाङ, २७ वर्षीया कोपीला तामाङ र ११ वर्षीय पुष्कर तामाङ छन् । उनीहरू सबै एकै परिवारका हुन् । उनीहरूकै घरका दुई जनाको उपचार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077