Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकैपटक सशस्त्रका साढे ८ हजार जवानको सरुवा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले एकैपटक आठ हजार ४८८ जना जवानको सरुवा गरेको छ ।

सरुवा प्रयोजनको लागि केही समयअघि मात्र देशभरका जवानहरुलाई उनीहरुको प्राथमिकता अनुसार तीन वटा युनिटको नाम लेखाएर फारम नै भराइएको थियो ।

सोही अनुसार सम्भव भएसम्म माग गरे बमोजिमको कार्यालयमा र सम्भव नभए नजिकको अर्को युनिटमा मंगलबार सरुवा गरिएको हो । यस्तै, सीमावर्ती ईलाकाका युनिटहरुमा लामो समय दरबन्दी भएका जवानहरुलाई सीमा ईलाका बाहेक अन्यत्र सरुवा गरिएको छ ।

सरुवाको लागि मुख्यालयस्थित उजुरी तथा गुनासो सुनुवाइ शाखामा प्राप्त निवेदन तथा गुनासोलाई समेत उच्च प्राथमिकतामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यस्तै, मुख्यालयमा दरबन्दी माग गरेका ४५ जना जवानलाई समेत प्राथमिकतामा राखेर सरुवा गरिएको छ । घर भएको जिल्लामा सरुवा नगरी सम्भव भएसम्म नजिकको जिल्ला र त्यो नभएमा नजिकको प्रदेशमा समेत मिलाएर सरुवा गरिएको सशस्त्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077