Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • जापान सरकारले कांग्रेस नेता रामचन्द्र पौडेललाई सम्मान गर्ने

    जापान सरकारले कांग्रेस नेता रामचन्द्र पौडेललाई सम्मान गर्ने

    अनलाइन नेपाल
  • बुधबार, २८ मंसिर २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले सम्मानित गर्ने भएको छ ।

    नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै जापान सरकारले पौडेललाई सम्मानित गर्न लागेको हो ।



    सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गर्ने घोषणा गरेको थियो ।



    तर, कोभिड महामारीका कारण सम्मान कार्यक्रम स्थगित भएको थियो । नेपालस्थित जापानको दूतावासले अब बिहीबार नेता पौडेललाई उनको निवासमा एक कार्यक्रमबीच सम्मान गर्ने जानकारी दिएको छ ।

    पौडेललाई नेपालका लागि जापानका राजदूत किकुता युताकाले सो सम्मान प्रदान गर्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार