Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कास्की पुगेर प्रचण्डले भने – अबको प्रधानमन्त्री मै हुँ

    कास्की पुगेर प्रचण्डले भने – अबको प्रधानमन्त्री मै हुँ

    अनलाइन नेपाल
  • बुधबार, २८ मंसिर २०७९
  • 693
    SHARES

    कास्की। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू छिट्टै देशको प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताएका छन् ।

    आफू पढेको कास्कीको अन्नपूर्ण गाउँपालिका १ मा रहेको महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवको उद्घाटन गर्दै उनले प्रधानमन्त्री बन्ने बताएका हुन् ।



    प्रचण्डले भने, ‘तपाईंको आशीर्वाद र शुभकामना लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु । यो मेरो तेस्रो कार्यकाल हुने अठोट गरेको छु । मेरो पहिलो कार्यकाल राम्रोसँग विधि प्रक्रिया बझ्नै नपाइ बित्यो । दोस्रो कार्यकालमा  देशको लागि केही महत्वपूर्ण काम गरे भन्ने गर्व छ ।’



    देशभित्र भएका श्रोत साधन व्यापक परिचालन गरेर काम गरेर देखाउने बताएउदै प्रचण्डले भने , ‘म प्रधानमन्त्री बन्दा केही अविष्मरणीय काम गरेर देखाउनेछु ।’

    उनले अहिले देशको शासन व्यवस्था र संविधानलाई गति दिने काममा सफल भएको बताए। उनले आफू नेतृत्वमा पुगे भ्रष्टाचार नियन्त्रण गरेर देशको आर्थिक विकासमा लाग्ने बताए ।

    आफू प्रधानमन्त्री भएमा भ्रष्टाचार नियन्त्रणमा उल्लेख्य काम गर्ने र आर्थिक क्रान्तिको अभियान चलाउने बताउँदै प्रचण्डले भने, ‘भ्रष्टाचार नियन्त्रण देश विकासको निम्ति अनिवार्य सर्त छ । ४७ सालदेखि यताका राजनीतिक नेतृत्वमा रहेका विशिष्ट व्यक्तिहरु र सरकारमा रहेका व्यक्तिहरुको सम्पत्ति छानविन गरेर उनीहरुले भ्रष्टाचार गरेको देखियो भने कडा कारबाहीबाट अगाडि बढ्नुपर्दछ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार