Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जरिवाना मिनाहाको माग गर्दै निर्वाचन आयोगमा मेयर बालेनको निवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले जरिवाना मिनाहा गरिदिन माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

निर्धारित समयमै निर्वाचन खर्च नबुझाएको भन्दै आयोगले जरिवाना तोकेपछि उनले जरिवाना मिनाहाका लागि निवेदन दिएका हुन् ।

निर्वाचन आयोग स्रोतका अनुसार काठमाडौं महानगरपालिकाका प्रमुख शाहले ११ असोजमा जरिवाना मिनाहा गर्न निवेदन दिएका हुन् ।

बालेनले आयोगले तोकेको समयसीमाभित्रै असार ६ गते खर्च विवरण सार्वजनिक गरेका थिए । खर्च विवरण सार्वजनिक गरे पनि निर्वाचन कार्यालयमा भने बुझाएका थिएनन् ।

उनले सार्वजनिक गरेको विवरणअनुसार निर्वाचनमा कुल तीन लाख ९४ हजार ४८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।

मेयर शाहले आफू निर्वाचित भएलगत्तै फेसबुकमा आफूले खर्च विवरण फेसबुकमा सार्वजनिक गरेको र निर्वाचित भएलगत्तै फोहोर व्यवस्थापनमा लागेकाले बुझाउन नपाएको निवेदनमा उल्लेख गरेको आयोग स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077