Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवालाई रामचन्द्र पौडेलको आग्रह - मलाई सबैले स्वीकार्छन्, प्रधानमन्त्री बन्न सघाउनुस्

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

भावी प्रधानमन्त्रीका आकांक्षी पौडेलले प्रधानमन्त्री देउवालाई उनकै निवास बालुवाटारमा भेटेका हुन् ।

आज भएको भेटमा पौडेलले आफूलाई प्रधानमन्त्री बन्न सघाउन देउवासँग आग्रह गरे । स्रोतका अनुसार नेताद्वयबीच ४५ मिनेट कुराकानी भएको थियो ।

पौडेलले गिरिजाप्रसाद कोइरालाको पालामा उनीसँग देउवाले संघर्ष गर्दा आफूले साथ दिएको स्मरण गराएका थिए । साथै, यस गठबन्धनको निर्माण गर्न र टिकाउन पनि आफूले भूमिका खेलेको पनि उनले बताए ।

आफू प्रधानमन्त्री बन्दा सबैले स्वीकार्ने दावी पनि उनले गरे । देउवाले पौडेललाई ठोस जवाफ दिएनन् । उनले गठबन्धन टिकाउँदै पार्टी पनि मिलाएर जानुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077