Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारले आफ्नो स्वार्थका लागि अध्यादेश ल्यायो : शंकर पोखरेल

कास्की । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले गलत समयमा अध्यादेश ल्याएको बताएका छन् ।

बुधबार प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा पोखरेलले अध्यादेशको विरोध गरेका हुन्।

उनले भने, ‘जनादेशबाट नयाँ संसदको जन्म भइसकेको अवस्थामा त्यो संसदले नयाँ सरकार दिनुपर्ने बेलामा पुरानो सरकारले राजनीतिक समस्या समाधानका नाममा अध्यादेशको बाटो लिने यो बेला उचित होइन ।’

महासचिव पोखरेलले सरकारलाई अध्यादेश जारी गर्ने अधिकार भने भएको बताए।

उनले भने, ‘सरकारलाई अध्यादेश जारी गर्ने अधिकार हुन्छ। तर, कतिबेला गर्ने कुरा चाहिँ राजनीतिक नैतिकताको प्रश्न हो। अहिलेको सरकारले त्यसप्रकारको गलत काम गर्नु हुँदैनथियो।’

मुलुकमा भएको राजनीतिक समस्याको समाधान गर्नुपर्ने पक्षमा नेकपा एमाले पनि सहमत रहेको महासचिव पोखरेलले बताए।

महासचिव पोखरेलले सरकारले ल्याएको अध्यादेशलाई नेपालको राजनीतिमा प्रयोग भएको गलत प्रवृत्तिको संज्ञा दिएका छन्। गलत कामबाट सरकार जोगिनुपर्ने उनको सुझाव छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077