काठमाडौं । संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले राजीनामा दिएका छन्। उमेर हदले अवकाश हुन ९ महिना अवधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन् ।
घिमिरले मंगलबार राजीनामा पत्र संसद सचिवालयमा बुझाएका हुन्।
उक्त पत्र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको सचिवालय व्यवस्थापन समितिको बैठकले स्वीकृत गरेको छ ।
उनले पारिवारिक कारणले राजीनामा दिएको संसद सचिवालयले जनाएको छ।
Leave a Reply