काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज गृह जिल्ला भोजपुर जाने भएकी छन्।
आफ्नो जन्मगाउँ रामप्रसाद राई गाउँपालिका ५ मानेभञ्याङ, आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालय उद्घाटनको लागि उनी भोजपुर गृह जिल्ला जान लागेकी हुन्।
शिक्षालयको उद्घाटनसँगै राष्ट्रपति भण्डारीले बेहेरेश्वर महादेव र शिवालय मन्दिरको दर्शन गर्ने तथा आफू अध्यायन गरेको बेहेरेश्वर माध्यमिक विद्यालयको निरीक्षण गर्नेलगायत कार्यक्रम रहेको जनाइएको छ ।
Leave a Reply