Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु, २० गम्भीर

काभ्रे । काभ्रेको बेथानचोकस्थित चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका-४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो ।

काभ्रेका एसपी चक्रराज जोशीका अनुसार १३ जनाको मृत्यु भएको छ । २० जना गम्भीर घाइते भएका छन् ।

नेपाली सेना र प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको र घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको बताइएको छ। एकिन विवरण आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077