Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दीपकराज गिरी भन्छन् - अर्जेन्टिना घर जान्छ पक्का, तर वर्ल्डकप लिएर

काठमाडौं । अभिनेता दीपकराज गिरीले अर्जेन्टिना विश्वकप जितेर घर जाने टिप्पणी गरेका छन् ।

कतारमा जारी फिफा विश्वकपको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाविरुद्ध खेल्नुअघि गिरीले अर्जेन्टिनाको समर्थन गर्दै यस्तो बताएका हुन् ।

गिरीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,“अर्जेन्टिना घर जान्छ पक्का... । तर वर्ल्डकप लिएर ।” विश्वकपमा आज हुने अर्जेन्टिना र क्रोएसियाबीचको यो खेल कतारको लुसैल रंगशालामा राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्ने टिमले उपाधिका लागि साविक विजेता फ्रान्स वा मोरक्कोबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077