Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • थारु र मुस्लिमलाई मधेसी समुदायबाट हटाउदै मधेसी आयोग

    थारु र मुस्लिमलाई मधेसी समुदायबाट हटाउदै मधेसी आयोग

    अनलाइन नेपाल
  • मंगलबार, २७ मंसिर २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । मधेसी आयोगले थारु र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ । आयोगको मसिंर २० गतेको बैठकबाट यसबारे निर्णय गरेको हो ।

    मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन-२०७८ को उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमको सूची हटाउने निर्णय भएको आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले जानकारी दिए ।



    मधेसी आयोगले गरेको निर्णय कार्यन्वयनको लागि आयोगकी उपसचिव सबिता डंगोलले प्रधानमंत्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएकी छन्।



    थारु र मुस्लिम समुदायका विभिन्न संघ-संगठनहरुले थारु र मुस्लिम समुदायको छुटै पहिचान र सभ्यता रहेको र सो मधेसी समुदायसँग नमिल्ने भन्दै मधेसी क्लस्टरमा आफुहरुलाई नराख्न मधेसी आयोगमा निवेदन दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार