Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कुलेश्वरमा माइक्रो र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

    कुलेश्वरमा माइक्रो र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २७ मंसिर २०७९
  • 621
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको कुलेश्वरमा हाइस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

    काठमाडौं महानगरपालिका-१४ कुलेश्वरमा हिजो हाइस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।



    दुर्घटनामा मोटरसाइकल चालक काठमाडौं नार्गाजुन-४ बस्ने २२ वर्षीय रवीन लामा र पछाडि सवार २१ वर्षीय सुशील बम्जन घाइते भएका थिए।



    घाइते दुवैको बयोधा अस्पताल बल्खुमा उपचार भैरहेकोमा रवीनको भने बेलुकी ८ बजे मुत्यु भएको हो।

    हिजो साँझ पौने ६ बजे बा २ ख ३२२३ नम्बरको हाइस र बा ९१ प ७४८० नम्बरको मोटरसाइकल ठोकिएको हो। हाइस र चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त कालीमाटीले जानकारी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार