Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुलेश्वरमा माइक्रो र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

काठमाडौं । काठमाडौंको कुलेश्वरमा हाइस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका-१४ कुलेश्वरमा हिजो हाइस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

दुर्घटनामा मोटरसाइकल चालक काठमाडौं नार्गाजुन-४ बस्ने २२ वर्षीय रवीन लामा र पछाडि सवार २१ वर्षीय सुशील बम्जन घाइते भएका थिए।

घाइते दुवैको बयोधा अस्पताल बल्खुमा उपचार भैरहेकोमा रवीनको भने बेलुकी ८ बजे मुत्यु भएको हो।

हिजो साँझ पौने ६ बजे बा २ ख ३२२३ नम्बरको हाइस र बा ९१ प ७४८० नम्बरको मोटरसाइकल ठोकिएको हो। हाइस र चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त कालीमाटीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077